११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

अब एमालेले कहिल्यै चुनाव जित्दैन, पत्रकारले लेख्नु पर्दैन : मेटमणी चौधरी



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणी चौधरीले नेकपा एमालेले अब कहिल्यै चुनाव नजित्ने ठोकुवा गरेका छन् ।बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेता चौधरीले एमालेले अब कुनै चुनाव नजित्ने ठोकुवा गर्दै चुनाव जिते कथा बन्ने र भावि सन्ततीहरुलाई सपनाजस्तो लाग्ने ठाेकुवा गरेका हुन् ।

उनले भनेका छन्, ‘राष्ट्रिय सभाको चुनावि परिणाम पछि( दासहरूले २ वटा बिषयलाई महत्त्वका साथ भुकिरहेका छन् (१) यो हार हाम्रो लागि अन्तिम हो र अबको सबै निर्वाचनमा विजयी हुन्छौ । २. ५ दल मिलेर जित्ने, यत्रो फूर्ति ! अल्पज्ञानिहरूलाई के थाहा ! यो हार भर्खर शुरू भएको छ र यो हारको श्रंखला निरन्तर अघि बढ्ने छ । अब देखि नेकपा एमाले र विजयीको बिचमा कहिल्यै भेट हुने वाला छैन । नेकपा एमालेले जितेको कुरा कुनै पनि पत्रकारले लेख्ने अवसर पाँउनै छैन । २०७४ सालमा जितेको कुरा कथा बन्नेछ र भाबि सन्ततिहरूलाई सपना जस्तै लाग्नेछ ।’

बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनबाट एमालेको हारको सुरुवात भएको उनले बताएका छन् । बुधबार रिक्त १९ सिटका लागि भएको राष्ट्रियसभाको निर्वाचनमा एमालेले प्रदेश १ मा एक सिट मात्रै जित हासिल गरेको थियो भने सत्तारुढ पाँच दलीय गठबन्धनले १८ सिट हात परेको थियो ।

त्यहीँ प्रसंगमा नेता चौधरीले एमाले अध्यक्ष केपी शर्मा ओलीको घमण्डका कारण आज यस्तो अवस्थामा पुगेको पनि बताएका छन् । उनले भनेका छन्, ‘प्रतिगामी गठबन्धन( नेकपा एमाले, जसपा (महन्त ठाकुर) र राप्रपा बिचको गठबन्धनको शर्मनाक हार भएको छ । हारको लाज छोप्न केपिका चाकरहरू क्क्ष्लनभि नेकपा एमालेलाई ५ दलीय गठबन्धनको हुइँया मच्चाइरहेका छन् । याद होस दास÷दासीहरूलाई चुनावी मोर्चामा उभिइसकेपछि मुख्य कुरा जित्नु हो । चाहे एकलै होस या मिलिजुलि । मिलेरै÷मिलाएरै जित्ने हो । एकलकाँटे तिमीहरू बरू सोच– हामी किन कसैसँग मिल्न सकेको छैनौ ? हामी दैनिक जस्तो किन एकलिरहेका छौ । सरकारको नेतृत्वबाट प्रतिपक्षिको भुमिकामा कसरी झर्न पुगिम ! के यो बिषयमा कहिले सिहलोकन गरेका छौ ? तिम्रा यिनै घमण्डको कारण आज बिचरा भएका छौँ ।’


प्रतिक्रिया दिनुहोस !