१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

मोरङको उखुबारीमा बिहीबार अर्को शव पनि भेटियो



काठमाडौं । मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा बिहीबार अर्को शव भेटिएको छ । प्रहरीले सो ठाउँमा बुधवार पनि पुरुषको शव उत्खनन गरेको थियो । खाल्डोबाट निकालिएका दुई मध्ये बिहीबार फेला परेको शवको पहिचान खुलेको छ । बुधवार शव निकालिएको ठाउँभन्दा करिब २५ मिटर पर सुनसरीको धरान उपमहानगरपालिका–३ घर भएका ४९ वर्षीय राजेन्द्र कुमार श्रेष्ठका शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले बताए ।

शव उत्खनन गर्दा राजेन्द्र कुमार श्रेष्ठको पर्स भेटिएको छ । सो पर्समा रहेको सवारी चालक अनुमति पत्रको आधारमा शव पहिचान गरिएको डिएसपी श्रेष्ठले बताए । बुधवार फेला परेको शव पनि पुरुष व्यक्तिको हो । मृतक राजेन्द्रकुमारका आफन्तले उनी भक्तपुरको लोकन्थली बस्ने गरेको प्रहरीलाई जानकारी दिएका छन् । उनी जग्गाको काम गर्थे । भक्तपुरबाट बोलाएर उनलाई हत्या गरेर पुरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । दुवैजनाको शव सडेको अवस्थामा भेटिएको छ । ‘पोष्टमार्टमछि मृत्युको कारण खुल्छ, त्यसपछि थप अनुसन्धान अघि बढाउँछौं’ डिएसपी श्रेष्ठले भने ।


प्रतिक्रिया दिनुहोस !