८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

देशभर थपिए ४९०४ संक्रमित, थप ६ संक्रमितको मृत्यु



नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९०४ कोरोना संक्रमित थपिएका छन् । सोही समयमा नेपालमा ५ हजार ९२४ जनाले संक्रमण जितेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ५६२ जनामा गरिएको नमुना परीक्षणमा ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएकासँगै देशभर सक्रिय संक्रमित संख्या ८७ हजार ३२९ जना रहेको छ ।

त्यस्तै, यस अवधिमा ६ जना संक्रमितको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस !