१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

सत्ता गठबन्धनको बैठक पुन: सुरु



सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा पुनः सुरु भएको छ । स्थानीय निकायको निर्वाचनलगायत विषयमा छलफल गर्न गठबन्धनको बैठक पुन: बसेको हो ।

बिहान बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछि पुनः बैठक बोलाइएको छ । बैठकमा स्थानीय निकायको निर्वाचनमा विषयमा छलफल हुने छ ।

अहिले जारी बैठकमा राष्ट्रिय जनमोर्चाका प्रतिनिधिबाहेक चारवटै राजनीतिक पार्टीका शीर्षनेताको उपस्थिति रहेको छ । पार्टीको काम विशेषले काठमाडौंबाहिर रहेको बताउँदै जनमोर्चाका प्रतिनिधि भने बैठकमा उपस्थित हुन सकेका छैनन् ।


प्रतिक्रिया दिनुहोस !