७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

हिउँले ढकमक्क रारा 



रारा कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल हो । याे ताललाई महेन्द्र तालको नामले पनि चिनिन्छ । समुद्र सतहदेखि २९९० मिटर उचाइमा रहेको राराकाे आसपास यतिबेला हिमपातले चाँदी झैँ टल्किएकाे छ ।

चारैतिर हिमपातले सेताम्य बीचमा आकाश झैँ निलो तालले रारा रमणीय बनेकाे छ । राराकाे याे सुन्दरता हेर्न पछिल्लो समय आन्तरिक पर्यटकहरूकाे लर्को लाग्ने गरेको छ ।

रारामा यो वर्ष तेश्रो पटक हिमपात भएकाे हाे । रारा आसपासमा करिब साढे २ फिटसम्म हिमपात भएका स्थानीयकाे भनाइ छ । यहाँकाे प्राकृतिक सौन्दर्य हेर्न देश विदेशबाट समेत पर्यटक आइरहेकाे सक्कबहादुर बुढाले बताए । यसले समग्र कर्णालीको पहिचान बढी रहेकाे आन्तरिक पर्यटक तेजेन्द्र सिंजालीले बताए ।


प्रतिक्रिया दिनुहोस !