७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

गाडीमा समेत दुर्व्यवहार गरेका थिए पलले ! यस्तो छ समीक्षाको जाहेरी



काठमाडौं । गायिका समीक्षा अधिकारीको घर कास्की, नायक पल शाहको घर दाङ । पलविरुद्ध जाहेरी दिन समीक्षा किन तनहुँ पुगिन् ? धेरैले चासो व्यक्त गरिरहेका छन् ।

समीक्षाले प्रहरीमा दिएको जाहेरीमा उल्लेखित विवरण अनुसार अन्तिमपटक घटना भएको स्थान तनहु भएकाले उनी त्यहाँ पुगेकी हुन् । याे जाहेरी समीक्षाले गत माघमा जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता गर्न खाेजेकी थिइन् । तर त्यसबेला प्रहरीले घटनास्थल तनहु भएकाले त्यहीँ जान भनेकाे थियाे ।

त्यही बेलाकाे जाहेरीलाई सामान्य  संसोधन गरेर आज समीक्षाले बुझाएकी हुन् । जाहेरीमा उल्लेख भए अनुसार पल र समीक्षाको पहिलो भेट २०७७ सालमा असोज २२ गते काठमाडौंमा पिपलु वर भन्ने बोलको गीतको भिडियो सुटिङका क्रममा भएको थियो । त्यसपश्चात फेसबुक आइडी र फोन नम्बर आदानप्रदान भयो ।

पहिलो भेटपश्चात नै पलले समिक्षालाई बनावटी माया दर्शाउने गरेको जाहेरीमा उल्लेख छ । म्युजिक भिडियाहरुमा सँगै का मगर्ने क्रममा पोखरा, चितवन, बाग्लुङ, तनहुँ लगायतका स्थानमा सुटिङ सकेर राति होटलहरुमा बास बस्ने क्रममा पटक–पटक करणी गर्न खोजेको तर सफल हुन नसकेको समिक्षाको दावी छ ।

गाडीमा एउटै सिटमा यात्रा गर्दा समेत संवेदनशील अंगमा चलाउने कार्य गरेको पनि जाहेरीमा जनाइएको छ । जाहेरीका अनुसार गत वैशाख १४ गते तनहुँको शुक्लागण्डकी नगरपालिका ४ दुलेगौंडा स्थित पलको चिजानको व्यक्ति प्रदीप थापाको घरमा उनीहरु बास बसेका थिए । त्यस क्रममा राति १२ बजे समिक्षाको कोठामा छिरेर विवाहको विश्वास दिलाएर जबर्जस्ति करणी गरेका थिए । त्यसपछि पनि विभिन्न स्थानमा पटक–पटक जबरजस्ति गरेको जाहेरीमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !