१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

मुलुकभर थप १५५ जनामा कोरोना पुष्टि, २ संक्रमितको मृत्यु



काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार १५२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २ हजार २३९ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ सय १ जना र २ हजार ९१३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ०८० पुगेको छ । सोही अवधिमा १ लाख २९ हजार ११९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा ८ हजार ८३९ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

पछिल्लो २४ घण्टामा ५४० जना कोरोना मुक्त भए, २ संक्रमितको मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५ सय ४० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ५५ हजार ९९८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ५ हजार १५२ जनाको परीक्षण हुँदा हालसम्म कुल ६४ लाख ६६ हजार ५५२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९३४ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !