१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

सुप्रीम विश्लेषण : अमेरिकाले इराक र अफगानिस्तान युद्धबाट पाठ सिक्यो तर रुसले सिकेन



दोस्रो विश्व युद्धको अन्त्य भएसँगै विश्व दुई विशाल राजनीतिक ब्लकमा विभाजित भयो । जसको नेतृत्व दोस्रो विश्व युद्धमा विजयी बनेका दुई प्रजातान्त्रिक राष्ट्र अमेरिका र कम्युनिस्ट व्यवस्थाको तत्कालीन सोभियत संघ । दोस्रो युद्धपछि जर्मन नाजीको पराजयपछि अमेरिकाले प्रजातान्त्रिक धारको नेतृत्व गर्न थाल्यो । कहिल्यै नअस्ताउने उपनामले चिनिने तत्कालीन बेलायती साम्राज्यको क्षयीकरणसँगै अमेरिकाले प्रजातान्त्रिक धारको नेतृत्व गर्न थाल्यो । भने अमेरिकी प्रजातान्त्रिक धारको काउन्टरमा तत्कालीन नाजीवादी हिटलरलाई धुलोपिठो पारेर स्थापित भएको रुसले समाजवादी राजनीतिक धारको नेतृत्व गर्यो । अमेरिकाले प्रजातन्त्रमा विश्वास गर्ने राष्ट्रहरुलाई एक ठाउँमा लिएर शक्तिशाली २८ देशहरुको सैन्य गठबन्धन (नेटो) को स्थापना गर्यो । त्यस्तै विश्वभरी समाजवादी आन्दोलनलाई स्थापित गर्ने उदेश्यले तत्कालीन रुसले वार्सा प्याक्ट निर्माण गर्यो । त्यसपछि अमेरिका र सोभियत संघको बीचमा शीत युद्ध शुरु भयो ।

५० को दशकदेखि ९० को दशकसम्म विदेशी भूमिमा अमेरिका र रुसको बर्बर सैन्य आक्रमण र पराजय

अमेरिकाले समाजवादी क्याम्पमा रहेका देशहरु भेतनाम, उत्तर कोरियालगायतमाथि हमला गर्यो । तत्कालीन सोभिय संघले अमेरिकाले सैन्य आक्रमण गरेको देशहरुलाई प्राविधिक सहयोग गर्यो । अमेरिकाको युद्धले कोरिया प्रायद्धिप दुई भाग (उत्तर र दक्षिण कोरिया) मा विभक्त भयो । उता रुसको सहयोगमा क्युवामा फिडेल क्यास्ट्रो, चेग्वभेरा र रावल क्यास्ट्रहरुले अमेरिकाको सहयोगी बाटिस्टा शासकहरुलाई पराजीत गर्दै समाजवादको स्थापना गरे । त्यही सेरोफेरोमा अमेरिका र तत्कालीन सोभियत संघले हाईड्रोजन बम निर्माण गर्नुका साथै अन्तरिक्ष यात्रामा समेत कडा प्रतिस्पर्धा चलेको थियो । भने अर्कातर्फ दुई कम्युनिस्ट देश सोभित संघ र जनगणतन्त्र चीनको बीचमा महान बहस चलेका कारण समाजवादी क्याम्पको शक्तिमा एकपछि अर्को गरि क्षयीकरण आयो । त्यस्तै भेयतनाममा करिब ३५ बर्ष लडेर अमेरिका र फ्रान्स हारेर घर फर्किए । अमेरिकी हारपछि (सन् १९७५) उत्साहित बनेको सोभियत संघले त्यसको ठीक चार बर्षपछि अफगानिस्तामा सैन्य आक्रमण गर्ने ठूलो गल्ती गर्यो । जसमा अफगानीहरु डटेर रुसको विरुद्ध युद्ध लडे । सोभियत राज्यहरुको बीचमा आन्तरिक बेमेल तीब्र बन्यो । आन्तरिक विवादले विघटनको स्थितिमा पुगेको सोभियत संघ अफगानिस्तानमा नराम्ररी पराजीत हुँदै सन् १९८९ मा घर फर्कियो । अमेरिका र फ्रान्सले भेयतनाममा व्यहोरेको हारभन्दा कम शर्मनाक थिएन । अफगानिस्तान युद्धमा करिब १५ हजार सैनिक गुमाउनुका साथै ३५ हजार घाईते भएर हारको तितो स्वाद लिएर घर फर्किए ।

सोभियत संघको विघटन र बढेको अमेरिकी युद्ध उन्माद  
सन् १९२२ देखि १९८१ सम्ममा युरेसियाको ठूलो भूभागमा विस्तृत एक देश थियो। सोभियत सङ्घ आफ्नो स्थापना देखि सन् १९९० सम्म साम्यवादी पार्टी (कम्युनिस्ट पार्टी) द्वारा शासित रहेको थियो। संवैधानिक रूपबाट सोभियत सङ्घ १५ स्वशासित गणतन्त्रहरूको सङ्घ थियो तर वास्तवमा पुरै देशको प्रशासन र अर्थव्यवस्थामा केन्द्रीय सरकारको कडा नियन्त्रणमा रहेको थियो। रूसी सोभियत सङ्घीय समाजवादी गणतन्त्र यस देशको सबभन्दा ठुलो गणतन्त्र र राजनीतिक, साँस्कृतिक र आर्थिक केन्द्र थियो यसकारण पुरै देशमा गहिरो रूसीकरण भएको थियो। अन्तिम सोभियत नेता मिखाइल गोर्बाचोभले देशमा ग्लास्नोस्त नामक राजनीतिक खुलापनको आर्थिक ढाँचाको बदल्ने नीतिको अन्तर्गत सुधार गर्ने कोशिश गरेतापनि उनी विफल बनेका थिए। सन् १९९१ को डिसेम्बरमा उनको विचारधाराको विरुद्ध राज्यविप्लवको कोशिश भएतापनि त्यसलाई दबाइएको थियो। यस घटना पछि सोभियत सङ्घ विघटन भएको थियो र उसको १५ गणतन्त्र सबै स्वतन्त्र देशको रूपमा अगाडि आएका थिए। सोभियत सङ्घको विघटन पश्चात् अन्तर्राष्ट्रिय सन्धिहरूमा रूसलाई सोभियत सङ्घको उत्तराधिकारीको मान्यता दिइएको थियो।

अफगानिस्तान र इराकमा अमेरिकाले थोपरेको युद्ध र पराजय

अफगान वारबाट थिलोथिलो भएको सोभियत संघको विघटनपछि इतिहासको अन्त्य भएको घोषणा गर्दै अमेरिका आक्रमक ढंले प्रजातन्त्र स्थापनाको लागि विश्वभरी राजनीतिक तथा सैन्य हस्तक्षेपमा लाग्यो । तर अमेरिकाको नाकै मुनी बुस प्रशासनलाई चुनौती दिँदै ह्युगो चावेजले बोलेभियाली क्रान्ति सम्पन्न गरे । तर सन् २००१ को सेप्टेम्बर ११ को हमलालाई निहु बनाएर अमेरिकाले कच्चा तेलको भण्डार रहेको इराकमाथि सैन्य हस्तक्षेप गर्यो । एकध्रुवीय विश्वको फाईदा उठाउँदै अमेरिकाले मध्यपूर्वमा रहेका तेलका भण्डारमाथि सैन्य हस्तक्षेप गरेर हडप्न खोज्यो । त्यती बेला शक्तिशाली (नेटो) देशहरु अमेरिकाकै पक्षमा रहेका थिए भने कम्युनिस्ट चीन आर्थिक तथा सैन्य शक्तिका हिसाबले अमेरिकाको तुलनामा निक्कै कमजोर रहेको थियो । तर इराक युद्ध पनि अमेरिकाका लागि प्रत्युउत्पादक नै बन्यो । त्यती मात्रै होईन अफगान वारमा पनि अमेरिका २० बर्षपछि नराम्ररी पराजीत भयो । हजारौँ अमेरिकी सैनिक मारिए । खरबौँ धनमालको क्षती बेहोर्दै अमेरिका सन् २०२१ मा घर फर्कियो । त्यसपछि सत्तबाट च्युत भएको तालिबानले अफगानिस्तान कब्जा गर्यो । यद्धपी अलकायदाका नेता आसामाबिन लादेश र आईएसआई प्रमुख बकर अल बग्दातीको सफाया गर्न भने अमेरिका सफल भयो ।

इतिहासबाट अमेरिकाले पठ सिक्यो रुसले सिकेन !

मध्यपूर्वको युद्धबाट अमेरिकी युद्ध उन्मादमा सिथिलता आएको देखिन्छ । जसको उदाहरण युक्रेनमाथि रुसी सैन्य आक्रमणपछि नेटो प्रत्यष युद्धमा सहभागी भएन । तर इतिहासबाट (अफगान वार) पाठ नसिकेको रुसले भने आफ्नो छिमेकी राष्ट्र युक्रेनमाथि सैन्य आक्रमण थालेको छ । हिजो अफगानिस्तानमा करिब २० बर्ष युद्ध लडेर तितो स्वाद चाखेको रुसले आज अरिंगालको गोलामा हात हालेको छ । देश सानो नै किन नहोस् तर युक्रेनले दुष्मनको आक्रमणको कडा प्रतिवाद गरिरहेको छ । युक्रेनीहरु पूर्ण युद्धमा होमिएका छन् । जसले गर्दा रुसको छबी दिनानु दिन बिग्रिरहेको छ र रुसप्रतिको सहानुभुति कमजोर हुँदै गएको छ । विश्वभरी रुसी बर्बरताको भत्र्सना भईरहेको छ । हिजो मध्यपूर्वको युद्धमा अमेरिकी भत्र्सना हुने गर्दथ्यो । आज त्यही भत्र्सनाको केन्द्र रुस बनेको छ । संसार नै रुसी आक्रमणको बिरुद्ध आर्थिक नाकाबन्दी गरिरहेको छ । तर हिजो अमेरिकाले मध्यपूर्वमा लाखौँ बम खसाल्दा सैन्य सहयोग गर्ने नेटो आज रुसले मानवीय संवेदना गुएको भन्दै धमाधम रुसमाथि आर्थिक नाकाबन्दी गरिरहेको छ ।

युक्रेनलाई रुसको विरुद्ध उचालेर आफु युद्धबाट भागेर नेटोले नैतिकता गुमाएको छ तर रुसको सैन्य आक्रमणलाई पनि कुनै पनि अर्थमा सही भन्न सकिदैन । हिजोको अमेरिकाको भेयतनाम युद्ध, इराक र अफगानिस्तान युद्ध जति निन्दनीय थियो आजको रुसले युक्रेनमाथि थोपरेको युद्ध पनि मानवीयताको हिसाबले कम छ भन्न मिल्दैन । रुसले दुई देशको बीचको गम्भीर मतभेदले युक्रेनमाथि आक्रमण गरेको देखिदैन । कुनै पनि ठोस कारण नहुदा नहुदै युद्ध थोपरेको छ । तर युद्धको दश दिनमा रुसले धेरै शिक्षा प्राप्त गरिसकेको हुनु पर्दछ । कुनै पनि निर्धो देशमाथि शक्तिशाली देशले युद्ध थोपर्दा भूगोल र जनसंख्या मात्रै निर्णायक तत्व हुँदैन भनेर शक्ति राष्ट्रले बुझ्न युक्रेन युद्ध राम्रो पाठ हुन हुन सक्छ । कुनै पनि युद्ध विशेष देशको विशिष्ट आर्थिक, सामाजिक, राजनीतिक, साँस्कृतिक र विशिष्ट मनोविज्ञान पनि युद्धमा महत्वपूर्ण पक्ष बन्न जाने युक्रेन युद्धबाट सिक्न जरुरी छ । रुस युक्रेन युद्ध रुसका लागि मात्र नभई विश्वका शक्ति राष्ट्रहरुका लागि पनि उत्कृष्ट पाठ हो । अन्तिममा मध्यपूर्वमा दुई दशक युद्ध लडेको अमेरिकाले युद्धबाट भोगेको खरबौँ धन सम्पत्ति र लाखौँ मानवीय क्षतीबाट पाठ सिकेरै युक्रेन युद्धमा नेटो सहभागि भएन । अर्थात् अमेरिकाले इतिहासबाट पाठ सिकिसकेको छ तर रुसले सिक्न बाँकी छ ।


प्रतिक्रिया दिनुहोस !