११ जेष्ठ २०७९, बुधबार
 |   Wed May 25 2022
Logo

सरकारको नयाँ नियामावली : युट्युब च्यानल दर्ता गर्न ५ लाख तिर्नुपर्ने !



काठमाडौँ । युट्युब च्यानलसहित इन्टरनेटको माध्यमबाट हुने प्रशारणका लागि समेत इजाजतपत्र लिनुपर्ने व्यवस्था सरकारले गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रशारण नियमावलीमा एघारौं संशोधन गर्दै इन्टरनेटको माध्यमबाट हुने प्रशारणको नियमन गर्ने व्यवस्था गरेपनि सरकारको यो प्रावधान अव्यवहारिक र असम्भव देखिएको सञ्चारकर्मीहरुले दाबी गरेका छन्।

नियमावलीका अनुसार आफैँ उत्पादन गरी प्रशारण गर्ने अनलाइन टेलिभिजन सञ्चालनको इजाजतपत्र लिन ५ लाख रुपैयाँ तिर्नुपर्नेछ। त्यस्तो सामग्री प्रकाशन गर्दा बालबालिका र सबै उमेर समूहका लागि उपयुक्त हुने कार्यक्रमलाई ‘यू’ रेटिङ, दश वर्षदेखि अठार वर्षसम्मको उमेर समूहका लागि उपयुक्त हुने कार्यक्रमलाई ‘आर’ रेटिङ र अठार वर्षभन्दा माथिका उमेर समूहका लागि उपयुक्त हुने कार्यक्रमकालागि ‘ए’ रेटिङ दिनुपर्ने नियमावलीमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !