१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

रंगेलीका मेयर र उपमेयरलाई ओलीले एमालेमा भित्र्याए



काठमाडौं । नेकपा माओवादी केन्द्रबाट मोरङको रंगेली नगरपालिकाको नगरप्रमुख (मेयर) र उपप्रमुख (उपमेयर) बनेका दिलिपकुमार अग्रवाल (बगडिया) र उपमेयर केशवकुमारी खराल पार्टी छाडेर नेकपा एमालेमा भित्रिएका छन् ।

बुधबार रंगेलीमा आयोजना गरिएको तराई मधेश वृहत आमसभाबाट दुवैलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले अविर दलेर पार्टीमा भित्र्याएका हुन् । आमसभा कार्यक्रम अहिले जारी छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादीबाट मेयर र उपमेयरमा निर्वाचित भएका बगडिया र खराल भएका थिए । माओवादी र एमाले मिलेर बनेको तत्कालीन नेकपा चोइटिएपछि बगडिया र खराल दुवै एमालेतिर लागेका थिए ।

मेयर र उपमेरयसँगै नगरपालिकाका वडामा माओवादी केन्द्रबाट निर्वाचित भएका केही वडाध्यक्ष पनि एमालेमा प्रवेश गरेको बताइएको छ ।

एमालेमा प्रवेश गरेका मेयर र उपमेयरलाई माओवादी केन्द्रबाट कारबाही गरिएको छ । प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङले मंगलबार प्रेस विज्ञप्तिमार्फत पार्टी हित विपरित काम गरेको भन्दै पार्टीबाट निष्कासन गरिएको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !