१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

ओखर खानुका फाइदाहरू थाहा पाउनुहोस् !



ओखर प्रोटिनको सबैभन्दा राम्रो श्रोत त हो नै यसले जिउबाट हानिकारक कोलेस्ट्रोल निकाल्नमा पनि मद्धत गर्दछ । यसमा ओमेगा थ्री फ्याट्टी अम्ल भरपूर मात्रमा पाइन्छ जसको एन्टी इन्फ्लामेटरी गुणवत्ताका कारण उच्च रक्तचापको खतरा पनि कम गर्न सहयोग मिल्दछ ।

हालै भएको एक अध्ययन अनुसार नियमित रुपमा ओखरको सेवन गर्ने महिलामा शारीरिक समस्याहरुको सम्भावना निकै कम देखिने गरेको छ । साथै नियमित ओखरको सेवनले बुढ्यौलीका लक्षण छिटो देखापर्ने समस्यालाई पनि कम गरिदिन्छ।

ओखरमा पोलीअनस्याचुरेटेड फ्याट पाइन्छ जसमा वनस्पतीमा आधारित ओमेगा थ्री फ्याट्टी एसिड, अल्फा लिनोलेनिक एसिड एएलए पनि सामेल हुन्छ ।

ओखरसँगै फलफूल तथा सागसब्जीको पर्याप्त सेवन, चिनीयुक्त खानेकुरा कम खाने, बोसो तथा सोडियमको सेवन पनि क मगर्ने र रक्सी कम खाने गर्नाले छिटो बुढ्यौलीको लक्षण देखिने समस्या कम हुन्छ ।

जर्नल अफ न्युट्रिसन नामक पत्रिकामा छापिएको पछिल्लो अध्ययनका क्रममा झण्डै ५५ हजार जना महिलालाई सहभागी गराइएको थियो । शोधकर्ताका अनुसार जिउलाई जवान राख्न लागि ओखरको सेवनसँगै स्वस्थ खानपान र सन्तुलित जिवनशैलीको पनि खाँचो हुन्छ । अध्ययनमा १२ हप्तासम्म भोजनमा नियमित रुपमा ओखर सेवन गरेका पुरुषहरुमा शुक्रकिटको आकारप्रकार, गति तथा स्वास्थ्यमा निकै धेरै सुधार आएको भेटिएको थियो ।

अनिद्राको समस्या भएकाहरूलाई ओखर रामबाण हो । सुत्नुअघि भिजाएको ओखर खानाले मीठो निद्रा लाग्छ अथवा खानासँगै सलादमा ओखर छरेर पनि खान सकिन्छ । ओखरमा पाइने मेलाटोनिन नामक तत्वले निद्रा लगाउने गर्छ ।

भारत, चीन, फ्रान्सलगायतका देशबाट नेपालले ओखर आयात गर्दै आएको छ । ओखर यस्तो फल हो, जो बहुउपयोगी छ । दैनिक जिबनमा ओखरको प्रयोग गर्ने हो भने हामीलाई फाइदै फाइदा हुन्छ ।

१) ओखरको नियमित सेवनले पुरुषको शुक्रकिटलाई स्वस्थ बनाउँछ । बेलायतको शेफिल्ड विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अध्ययन अनुसार ओखर सेवन गर्ने पुरुषको अण्डकोषमा बढि शुक्रकिट उत्पादन हुनुका साथै त्यस्ता शुक्रकिट स्वस्थ हुन्छन् । दिनमा २ मुठीजति ओखर खानु नै काफी छ ।

२) एक दिनमा ३-४ वटा ओखरको सेवन गर्नाले मुटुलाई स्वस्थ राख्न सकिन्छ । किनभने ओखरले शरीरमा कोलेस्ट्रेरोलको मात्रा कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

३) ओखरको नियमित सेवनले सुगरका बिरामीहरुका लागि औषधिको रुपमा पनि काम गर्छ ।

४) ओखरमा प्रशस्त मात्रामा फाइबर हुन्छ, जसले पाचनक्रियालाई बलियो बनाउँछ । ओखरको नियमित सेवनले कब्जियत सम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै मृर्गौलामा पत्थरी हुनबाट समेत जोगाउँछ ।

५) ओखरमा एन्टी अक्सिडेन्ट नामक तत्व हुन्छ, जसले छालाको चाउरीपनाबाट छुटकारा पाउन सकिन्छ ।

६) ओखरको सेवनले मानसिक समस्या कम गर्नुका साथै तनावबाट मुक्ति मिल्छ । यसको नियमित सेवन गर्नाले मस्तिष्कलाई स्वस्थ बनाईराख्न मद्दत गर्छ ।

७) ओखरमा भिटामिन इ हुन्छ जसले त्वचा सम्बन्धी समस्याबाट मुक्ति दिलाउँछ । यसले छालालाई सुन्दर र स्वस्थ राख्नमा मद्दत गर्छ ।


प्रतिक्रिया दिनुहोस !