८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

अकामाईको सर्भर डाउन हुँदा नेपालको टिकटकमा समस्या



काठमाडौं । अकामाईको सर्भर डाउन भएपछि सामाजिक सञ्जाल टिकटकमा समस्या देखिन थालेको छ । कन्टेन्ट डेलिभरी नेटवर्क (सीडीएन) सेवाको रुपमा रहेको अकामाई डाउन हुँदा मुख्यतः लोकप्रिय सामाजिक सञ्जाल टिकटकमा समस्या देखिन थालेको हो । इन्टरनेट सेवाप्रदायक कम्पनीहरूका अनुसार सर्भर डाउन हुँदा त्यसको ट्राफिक ६० प्रतिशतसम्म कम भएको छ ।

अकामाईको तर्फबाट नेपाल हेर्ने अधिकारीलाई समेत यस विषयमा जानकारी गराइसकेको र अहिलेसम्म के कारणले समस्या उत्पन्न भएको भन्ने यकिन भइ नसकेको उल्लेख छ । सम्भवतः इन्टरनेसनल स्विच तथा सर्किटमा केही समस्या आएको हुनसक्ने अनुमान गरिएको छ । अकामाईको सर्भर डाउन हुँदा ग्राहकले ल्यागिङ (इन्टरनेट चल्दा चल्दै रोकिएको जस्तो हुने) र इन्टरनेट सुस्त चल्ने समस्या भोगिरहेका छन् । यद्यपि कतिपय प्रयोगकर्ताले यसको महसुस नगरेको हुन समेत सक्ने बताइन्छ । करिब साढे तीन घण्टादेखि उत्पन्न यो समस्याका कारण अकामाईको ट्राफिक ४० प्रतिशतमा खुम्चिएको छ । अकामाईको कूल इन्टरनेट ट्राफिकमा टिकटकको मात्रै ७० प्रतिशत ट्राफिक हुने गरेको छ । अकामाईको सर्भर डाउन हुँदा फेसबुक, गुगल लगायतका अन्य सेवामा ट्राफिक बढ्ने र त्यसमा समेत समस्या देखिन सक्ने सम्भावना छ । स्रोत टेकपाना ।


प्रतिक्रिया दिनुहोस !