११ जेष्ठ २०७९, बुधबार
 |   Wed May 25 2022
Logo

राष्ट्रिय सभामा मनोनित नारायण दाहालको प्रचण्डसँग सात पुस्ता नाता पर्दैन



सुरेश अधिकारी

चितवन । नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० का केन्द्रीय सदस्य नारायण दाहाललाई राष्ट्रपतिबाटमनोनयन गर्ने राष्ट्रियसभाको सदस्य बनाएपछि अध्यक्ष प्रचण्ड र पार्टीका केन्द्रीय सदस्य नारायण दाहालका साइनो जोडेर मिडियाबाट आक्रमण भइरहेको छ । प्रचण्डको नारायण दाहाल काकाको छोरा भनेर लेखिएको छ । अध्यक्ष प्रचण्ड र नारायण दाहालका बीचमा सात पुस्तासम्म पनि साइनो नभएको चितवनमा चर्चा भइरहेको छ ।

अध्यक्ष प्रचण्ड र केन्द्रीय सदस्य नारायण दाहाल कास्कीबाट चितवन बसाइ सराइ गरेर आएका हुन । दुवैको थर दाहाल हो ।नारायण दाहालको पुख्र्यौली बर्मेली हो । नारायण दाहालका पिता कुलप्रसाद दाहाल हुन र नारायण दाहालका हजुर बालाई बर्मेली भन्थे । नारायण दाहालका पुर्खाको शिवनगरमा मिल थियो र उनीहरुका सन्तानलाई बर्मेली र मिलवाला भनेर चिनिन्थ्यो ।

प्रचण्ड र नारायण दाहालको बंशावली हेर्दा सात पुस्तासम्म साइनो पर्दैन । प्रचण्डका काकाका छोरा भनेर नारायण दाहाल भनेर कतिपय स्थापित मिडियाले प्रचार गरेर प्रचण्डको वदनाम गरिरहेका छन् । नारायण दाहाल माओवादी आन्दोलनमा लागेका नेता हुन । उनको आफ्नो अलग्गै इतिहास छ । नारायण दाहालका छोरा समिर दाहाल व्यवसायी हुन । उनले गरेको व्यवसायमा समेत प्रचण्डलाई अनावश्यक नाम जोडेर प्रचण्डको वदनाम गरिएको छ ।

अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा कर्मचारी हेर्ने गरी नारायण दाहाललाई सल्लाहकार बनाउँदा तत्कालीन माओवादी्का नेता डा बाबुराम भट्टराईसहित नेताले विरोध गरेका थिए । राजनीति गर्दा आर्थिक रुपमा कमजोर भएपछि जीविकोपार्जनका निम्ति गरेको नियुक्तिमा समेत अध्यक्ष प्रचण्डको काकाको छोरो भनेर आक्रमण गर्ने धेरै थिए ।

अध्यक्ष प्रचण्डको विचार, सिर्जनशीलता र गतिसँग प्रतिस्पर्धा गर्न नसक्नेले अनावश्यक यस्ता क्षुद्रान्वेषी खोजेर आक्रमण गरिरहेका छन् । झिंगाको सरापले डिंगा मर्दैन भने जस्तै यिनीहरुको आक्रमणले माओवादी केन्द्र र प्रचण्डलाई कमजोर बनाउन सक्तैन । झिल्कोबाट ।


प्रतिक्रिया दिनुहोस !