८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

पुष्पराम केसी सशस्त्र प्रहरीको महानिरीक्षकमा नियुक्त



काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरीको (आईजीपी)मा ​पुष्पराम केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । कार्य तथा सीमा सुरक्षा विभागको प्रमुखसमेत रहेका केसीलाई आईजीपीमा बढुवा गर्ने मन्त्रिपरिषदको बैठकले निर्णय गरेको हो ।

२०४९ वैशाख १९ मा नेपाल प्रहरीको इन्स्पेक्टरमा भर्ना भएको केसी हाल सशस्त्र प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मध्ये वरियता क्रमको पहिलो स्थानमा थिए ।

उनको अवकाश आउदो २०७९ वैशाख १८ मा हुँदैछन् । तत्कालीन आईजीपी शैलेन्द्र खनालले आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेपछि रिक्त रहेको पदमा केसीले नै निमित्त महानिरीक्षकको जिम्मेवारी सम्हाल्दै आएका थिए ।


प्रतिक्रिया दिनुहोस !