११ जेष्ठ २०७९, बुधबार
 |   Wed May 25 2022
Logo

घोपा बचाउ भन्दै ११ दिनदेखि धराने युवा सडकमा



काठमाडौं । ‘सेभ द घोपा क्याम्प’ मुख्य नारा लिएर हिजोआज धरानका युवाले सडकमा धर्ना दिइरहेका छन् । उनीहरु गएको ११ दिनदेखि विभिन्न नारा लेखिएको प्ले कार्ड बोकेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै सडकमा धर्नामा बसेका छन् ।

उनीहरुले ‘जिन्दगीसँग खेलबाड गर्न पाइदैन भ्रष्ट प्रशासन चाहिदैन’, ‘हामीलाई आईसीयूमा बेड चाहिन्छ, भ्रष्टाचार त जताततै पाइन्छ’ लगायतका नारा लेखेको प्लेकार्ड बोकेका छन् ।

अस्पतालको नेतृत्व भ्रष्ट भएका कारण बिरामीले सामान्य सुविधा समेत नपाएको भन्दै उनीहरुले शान्तिपूर्ण धर्ना सुरु गरेका थिए । हरेक दिन अपरान्ह ४ देखि ६ बजेसम्म धर्ना दिन तीन सयदेखि आठ सयसम्म युवा, बालबालिका तथा वृद्ध भेला हुने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !