१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

चीन–ताइवान तनावको वास्तविकता र अमेरिकी उक्साहट : विनोद दाहाल



चीनले ताइवानी पृथकतावादी सरकारलाई युद्धद्वारा अपदस्त गर्न खोज्दैछ भन्ने पश्चिमा जगतका सञ्चार माध्यमले प्रचार गरिरहेका छन् । युद्ध अन्तिम तयारिमा पुगेको बताइएका छन् । ताइवानले त्यसको तयारि स्वरुप अमेरिकासँग मिलेर युद्ध अभ्यास गरिरहेको छ । चीन ताइवान तर्फ आफ्ना सैनिक र युद्धपोतहरु अघिबढाइरहेको छ भनिन्छ । विश्वव्यापी रुपमा युद्ध अवसंभावी छ भनिंदैछ । चीनसँग कति दिन टिक्ला भनेर पनि नुमानहरु लगाउन थालेका छन् । अहिले चीन र ताइवान बीचको तनावलाई लिएर विश्व तातेको छ । अरु देशको आन्तरिक मामलालाई लिएर अमेरिकाले अनावश्यक झमेला गरिरहेको र युद्धको स्थितिसम्म पु¥याएर हतियारको निर्यात बढाउने र आफ्नो देशको आन्तरिक समस्या टार्ने नीति लागु गरिरहेको छ । सारमा अहिले भैरहेका सबै युद्धहरु र समस्याहरु साम्राज्यवादका समस्याहरु टार्नका लागि भैरहेको छ भन्ने देखिएको छ ।
चीन आफ्नै र अति पुरानो सभ्यतामा रहेको एक विशाल देश हो । हवाङ्हो सभ्यता र याङ्सिक्याङ्ग सभ्यता विकसित हुँदै र नगर राज्यहरुबाट विकसित हुँदै यो आदिकालदेखि अनवरत अस्तित्वमा छ ।

ई. पु. १६५८—११२५ सम्म चीनमा साङवंशको राजतन्त्रात्मक शासन चलेको थियो । त्यसपछि ई. पु. २११ सम्म चाउवंशको शासन चल्यो । त्यसपछि ससाना राज्यहरु एकतृत गर्दै चीन–सिह ती नामका शासकले विशाल साम्राज्य खडा गरे । उनको वंशको शासकले इसाको तेश्रो शताब्दिसम्म उक्त विशाल साम्राज्य विस्तार गरि नै रहे । उनले उत्तरि हुँडहरुको आक्रमणबाट १,८०० माइल लामो विशाल पर्खाल बनाउन शुरु गरेका थिए । चीन वंशको शासन सन् ६१८ सम्म चल्यो । विशाल चीन देश उनैको नाममा छ । त्यसपछि चीनमा सन् ९०७ सम्म ताङवंशको शासन चल्यो । त्यसपछि सन् ११२७ सम्म सुङ्गवंशको शासन चल्यो । त्यसपछि १३६७ सम्म मंगोलवंशको शासन चल्यो । सन् १६४४ सम्म मिङवंशको शासन चल्यो र सन् १९१२ सम्म मञ्चुवंशको राजतन्त्रात्मक शासन चल्यो ।

लेखक : विनोद दाहाल

डा। सन यात्सेन उपनिवेशको अवस्थामा रहेको चीनलाई साम्राज्यवादीको कब्जाबाट मुक्त गर्न चाहन्थे । उनको नेतृत्वमा पुनर्जागरण समाजको स्थापना भयो र यो संगठनले क्यान्टनमा बिद्रोह गर्दै देशभक्तिपूर्ण आन्दोलन उठायो । ४८ जनाको सहादतपछि बिद्रोह असफल भयो । त्यसपछि उनले तुङ्ग मेङ्ग हुई दल बनाए । यसको उदेश्य मञ्चुवंशको सत्ता हटाउने, गणतन्त्र स्थापना गर्ने, शान्ति कायम गर्ने, भूमि एकीकरण गर्ने, जापानसँग सम्बन्ध स्थापित गर्ने थियो । उनले ३ सिद्धान्त—प्रतिपादन गरे । ती थिए— राष्ट्रियता, प्रजातन्त्र र समाजवाद । उनको नेतृत्वमा आन्दोलनहरु उठ्न थाले, ठाउँठाउँमा गणतान्त्रिक सरकारहरु बन्न थालेपछि १२ फेबुअरि सन् १९१२ मा मञ्चु सम्राट पु यीले सत्ता त्याग गरे । योसँगै चीनमा राजतन्त्रको अन्त्य भएर लोकतान्त्रिक गणतन्त्र स्थापना भयो ।

सत्ता हत्याएपछि प्रथम गणतन्त्रको राष्ट्रपति बनाउने सर्तमा सेनापति युवान सिकाइए राष्ट्रपति बने । सन् १९१३ मा संसदको चुनाव भयो, सनयात्सेनको दल ठूलो भयो तर बहुमतको थिएन । त्यसपछि पनि युवान सिकाई संसदबाट राष्ट्रपतिमा पुनः चुनिए । त्यसपछि जालझेल, राजतन्त्र पुनर्थास्थापना गर्ने षड्यन्त्र, प्रथम विश्वयुद्धको झमेला, युद्ध सरदारहरुबाट बिघटन, अशान्ति तथा अस्तव्यस्तता, बिद्रोहहरु र कुओमिनताङ्गको गठनका बीचबाट कुओनिताङ्गको गठन भयो । उक्त दल च्याङकाइसेकले हत्यायो । त्यसमा सहभागी सन् १९२१ मा गठन भएको साम्यवादी दलका सदस्यहरु निस्कासन गर्दै दमन शुरु भयो । कुओमिनताङ्गको नेतृत्व हत्याएर च्याङ्काइसेकले दमन शुरु गरेपछि साम्यवादीहरुको २८ वर्ष लामो सशस्त्र बिद्रोह भयो ।

१२ सेप्टेम्बर १९४९ मा राजधानी कब्जा गरेर जनवादी गणतन्त्र घोषणा भैसकेको अवस्थामा सन् १९४९ डिसेम्बर ८ मा क्यान्टनबाट सञ्चालन भैरहेको च्याङ्काइसेकको सरकार त्यहाँबाट भागेर ताइवान पुग्यो । यसअघि सन् १९४७–४८ मा मञ्चुरियामा लिन पियाओको सामना गर्न नसकेर कुओमिनताङ सेनाले हार व्यहोरेका थिए । त्यसपछि सुचाङ र हुइहाईमा कुओमिनताङका लाखौं सेनाले आत्मसमर्पण गरेका थिए । सन् १९४९ को जनुअरि सम्ममा १५ लाख सेनाले ज्यान गुमाईसकेको अवस्थामा २१ जनुअरिमा च्याङकाइसेकले राष्ट्रपति पदबाट राजिनामा दिएको थियो र उक्त का।वा पद उपराष्ट्रपति ली त्सुङ्ग जेनलाई दिइएको थियो । आत्मसमर्पणको सङ्केत गरेको कुओमिनताङग सरकारको मुख्यालय नानकिङमा थियो, त्यहाँबाट भागेर क्वान्टन गयो । र, अमेरिका र पश्चिमा शक्तिको आढमा आत्मसमर्पण नगरेको घोषणा ग¥यो । त्यसपछि ताइवानमा अमेरिकी तथा पश्चिमाको आढमा आफूलाई समर्थन जुटाएर बसिराख्यो । त्यसपछि च्याङकाइसेकले सत्ता पुनः आफ्नो हातमा लिएको थियो ।

सबैलाई थाहा छ कि ताइवान चीनको अभिन्न भाग हो । ताईपेई राजधानी बनाएर फार्मोसा दीप नजिकका १३ वटा ससाना दीपहरु र पेस्काडोर्सदीप नजिकैका ससाना ९४ दीपहरुमा रहेका १ करोड ३२ लाख ९७ हजार जनसंख्या रहेको भूभागमा च्याङ्काइसेकले आफ्नो सरकार बनाएर बस्यो । सन् १९७५ मा च्याङ्काइसेकको मृत्यु भएपछि पनि त्यहाँ चीनको आधिपत्य कायम हुनसकेन । अमेरिकी तथा पश्चिमाको समर्थनमा ताइवानमा अझै पनि चीन बिरोधि ताइवानी सरकार कायम छ ।
जनगणतन्त्रको औपचारिक घोषणा गरेको साम्यवादी सरकारलाई तत्काल रुसले समर्थन गरेको थियो । सन् १९६८ सम्म जम्मा ५१ देशले मान्यता दिएका थिए भने ताइवानी सरकारलाई ६५ देशले समर्थन कायम राखेका थिए । चीनकै भूभागमा ताइवानी छुट्टै सरकार चीनका लागि सैह्य भएको छैन । झन् अमेरिकी साम्राज्यवाद र पश्चिमाको कठपुतली सरकार त सहन गर्ने कुरै छैन । ताइवान चीनकै भूभाग हो, अमेरिका र पश्चिमा शक्तिहरुले त्यहाँ अनावश्यक रुपमा खेलिरहेका छन्, युद्ध निम्त्याउन खोजिरहेका छन् । त्यसैले के भन्न सकिन्छ भने कुनै पनि समय चीन–ताइवान तनाव युद्धमा परिणत हुन्छ भन्न सकिन्छ ।
विनोद दाहाल ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय