११ जेष्ठ २०७९, बुधबार
 |   Wed May 25 2022
Logo

काभ्रे कांग्रेसमा विवाद मेयरका उम्मेदवारले दाबेदारलाई कुटे



काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका मेयरको टिकट सम्बन्धी विवाद हुँदा मेयरका दाबेदार रोशन पाण्डे कुटिएका छन् । उनीमाथि कांग्रेसका क्षेत्रीय सभापति तथा मेयरका उम्मेदवार कुन्साङ लामाले आक्रमण गरेका हुन् । आक्रमणबाट पाण्डेको शरीरको विभिन्न ठाउँमा चोट लागेको छ । बनेपामा भएको सो घटनापछि घाइते पाण्डेलाई शिर मेमोरियल अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ । काभ्रे कांग्रेसमा पत्रकार समेत रहेका पाण्डे गणेश लामा पक्षधर हुन भने उनीमाथि कुटपिट गर्ने मेयर उम्मेदवार कुन्साङ लामा तीर्थ लामा पक्षधर हुन् ।


प्रतिक्रिया दिनुहोस !