११ जेष्ठ २०७९, बुधबार
 |   Wed May 25 2022
Logo

पोखराको मेयर र उपमेयरमा एमाले उम्मेदवारको मनोनयन दर्ता



काठमाडौं । पोखरा महानगरपालिकामा नेकपा एमालेबाट मेयर र उपमेयरका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । मेयरका उम्मेदवार कृष्ण थापा र उपमेयरका उम्मेदवार मञ्जुदेवी गुरूङले सोमबार मनोनयन दर्ता गरेका हुन् । मनोनयन गर्न जाने क्रममा मेयरका उम्मेदवार थापाले २५ वर्षपछि पोखराको मेयरमा प्रतिस्पर्धा गर्न पाउनुलाई शौभाग्य ठानेको बताए । उपमेयरकी उम्मेदवार मञ्जुदेवी गुरूङले आफूलाई उठ्ने रहर नहुँदा पनि पार्टीले दिएको जिम्मेवारी पूरा गर्न लागेको बताइन् ।


प्रतिक्रिया दिनुहोस !