११ जेष्ठ २०७९, बुधबार
 |   Wed May 25 2022
Logo

महामन्त्री शर्माको ठाडो हस्तक्षेपमा मेचीनगरमा सिटौला निकट पाण्डेको टिकट खोसियो



झापा । काँग्रेसले मेचीनगर नगरपालिकाको प्रमुखमा इन्द्रबहादुर बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रदेश समितिको निर्णयलाई उल्ट्याउँदै काँग्रेस केन्द्रीय संसदीय बोर्डले बुढाथोकीलाई मेचीनगरको प्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रदेश संसदीय समितिले जिल्ला उपसभापति केशवराज पाण्डेलाई दिएको टिकट खोसेर बुढाथोकी काँग्रेसको आधिकारिक उम्मेदवार भएको सभापति शेरबहादुर देउवाले प्रमाणित गरेका छन् । महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर समेत रहेको मेचीनगरको प्रमुखको टिकट प्रदेश समितिले जिल्ला उपसभापति केशवराज पाण्डेलाई दिएको थियो ।

नेता कृष्णप्रसाद सिटौला निकट पाण्डेलाई प्रदेश संसदीय बोर्डले टिकट दिएपछि केन्द्रीय महामन्त्री विश्वप्रकाश शर्माको हस्तक्षेपमा बढाथोकीलाई उम्मेदवार बनाइएको छ । सिटौला निकट काँग्रेस प्रदेश – १ का सभापति उद्धव थापाले पाण्डेलाई दिएको टिकट महामन्त्री शर्माले केन्द्रबाट खोसिएको अवस्था छ । मेचीनगरको उपप्रमुख सत्ता गठबन्धन दलबाट माओवादी केन्द्रको भागमा परेको छ ।


प्रतिक्रिया दिनुहोस !