११ जेष्ठ २०७९, बुधबार
 |   Wed May 25 2022
Logo

हेटौँडामा गठबन्धन तोडेर जसपाबाट मेयर र उपमेयरमा उम्मेदवारी दर्ता



हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको मेयरमा जसपा नेपालका तर्फबाट मेयरमा दीपा लामा र उपमेयरमा हरिहर खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् । सत्तारुढ गठबन्धन तोडेर हेटौँडा उपमहानगरमा जसपा नेपालले छुट्टै उम्मेदवारी दर्ता गराएको हो । हेटौँडा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादी पार्टीकी मीनाकुमारी लामाले मेयरमा र नेपाली काँग्रेसका राजेश बानियाँले उपमेयरमा उम्मेदवारी दर्ता गराइसकेका छन् । उक्त गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीमात्र सामेल छन् । जसपा नेपालले सो गठबन्धन तोडेर छुट्टै उम्मेदवार खडा गरेको हो ।


प्रतिक्रिया दिनुहोस !