११ जेष्ठ २०७९, बुधबार
 |   Wed May 25 2022
Logo

जसले हेलिकप्टरको खर्च पनि तिरे, कुटाई पनि खाए र टिकट पनि खोसियो



खोटाङ । नेपाली कांग्रेसबाट दिक्तेल नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराउन हेलिकप्टरबाट खोटाङ पुगेका धर्मराज पोखरेलको टिकट खोसिएको छ ।

कांग्रेसको प्रदेश नम्बर १ का सभापति उद्धव थापाले हस्ताक्षर गरेको पत्रसहित खोटाङ पुगेका पोखरेललाई कांग्रेसकै कार्यकर्ताहरूले आज कुटपिटसमेत गरेका थिए । असन्तुष्ट कार्यकर्ताहरूले पोखरेललाई लखेटेको भिडिओ सार्वजनिक समेत भएको थियो ।

विवाद बढेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले हस्तक्षेप गरेका छन् । देउवाको हस्तक्षेपसँगै दिक्तेल नगरपालिकामा कांग्रेसबाट तीर्थराज भट्टराईले टिकट पाएका छन् ।


प्रतिक्रिया दिनुहोस !