११ जेष्ठ २०७९, बुधबार
 |   Wed May 25 2022
Logo

सिरहाको लहान नगरपालिकामा एकिकृत समाजवादीका कार्यकर्ता र प्रहरीबीच हानाहान



जनकपुरधाम । सिरहाको लहान नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एकिकृत समाजवादीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

उम्मेदवारी दर्ता गराएपनि निस्सा नदिएको भन्दै एकिकृत समाजवादीका कार्यकर्ताहरु ढुंगामुढा गरेपछि प्रहरीसँग सामान्य झडप भएको हो । सो क्रममा एकिकृत समाजवादीका कार्यकर्ताहरु निर्वाचन अधिकृतको कार्यालयमा तोडफोड गरेका छन् ।

‘समयमै उम्मेदवारी दर्ता गराएका थियौं’, एकिकृत समाजवादीका नेता सत्यनारायण यादवले भने, ‘तर मुनी साहले नगरपालिकामा भर्ना गरेका कर्मचारी निर्वाचन अधिकृतको कार्यालयमा राखेपछि उनीहरुले फायलहरु नै गायब गरे । डिएसपीलाई भनेर फाइल खोज्न लगाएपछि सिस्टम नै काम नगरेको भन्दै निर्वाचन अधिकृतले निस्सा दिन मानेका छैन् । सोही कारण आक्रोशित बनेका कार्यकर्ताहरु सामान्य तोडफोड गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !