११ जेष्ठ २०७९, बुधबार
 |   Wed May 25 2022
Logo

वीरगन्ज हेल्थकेयर हस्पिटलमा भीषण आगलागी, करोडौंको क्षति



काठमाडौ । वीरगन्ज महानगरपालिका १४ गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थकेयर हस्पिटलमा विद्युत सर्ट भएर आगलागी भएको छ । आगलागीबाट करोडौंको क्षति भएको छ। अस्पतालको तेस्रो तल्लामा रहेको डायलोसिस शाखामा शुक्रबार राति ९ बजेतिर विद्युत सर्ट भएर आगलागी भएको हो।

आगलागीबाट डायलोसिस शाखामा रहेका डायलोसिस मेसीन ६ वटा, भेन्टिलेटर २ वटा, कार्डियेक मोनिटर ६ वटा र बेड ६ वटा जलेर खरानी हुँदा करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीका बेला डायलोसिस शाखामा बिरामी र स्वास्थ्यकर्मी नभएकाले मानवीय क्षति भने हुन पाएन ।

शुक्रबार राति ९ बजेतिर हावाहुरीसँगै पानी परिरहेका बेला चट्याङ पनि खसिरहेकाले चट्याङकै कारण डायलोसिस शाखामा विद्युत सर्ट भएर आगलागी भएको हो।


प्रतिक्रिया दिनुहोस !