
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमले बुधबार पाहुना टोली जिम्बावे ’ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ।नेपालले तेस्रो टी-ट्वान्टी अन्तर्गत बुधबार जिम्बावे ’ए’ विरुद्ध खेल्न लागेको हो ।
टियु क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ’ए’ बीचको खेल दिउँसो १ बजे देखी सुरु हुने भएको छ। जिम्बावेविरुद्ध पहिलो खेलमा हार व्यहोरेको नेपालले आज हारको बदला लिन चाहन्छ।
आइतबार भएको पहिलो खेलमा नेपाल जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो। जिम्बावे भने नेपालविरुद्ध दोस्रो जित निकाल्न चाहन्छ। नेपाल र जिम्बावेबीचको दोस्रो टी-ट्वान्टी भने वर्षाका कारण रद्द भएको थियो ।