१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

अभिनेता पल शाहको मुद्दा आज उच्च अदालत पोखरामा सुनुवाइ हुँदै



काठमाडौं। अभिनेता पल शाहको मुद्दामा आज उच्च अदालत पोखरामा सुनुवाइ हुँदैछ।

बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पल शाहलाई आरोप लगाउने पीडित नाबालिग र उनका परिवारले आरोपहरु झुठो भइसकेको बताएका छन्।

यस अवस्थामा आजको उच्च अदालतको सुनुवाइ महत्वपूर्ण रहनेछ।

उच्च अदालत पोखराका न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा पलको मुद्दा पेशी तोकिएको छ।पीडितले नै झुटो जाहेरी दिएको बताएपछि पललाई थुनामुक्त गर्नुपर्ने उनी पक्षको माग छ।


प्रतिक्रिया दिनुहोस !