११ जेष्ठ २०७९, बुधबार
 |   Wed May 25 2022
Logo

एकदिवसीय क्रिकेटको पहिलो खेलमा जिम्बावे एलाई नेपालको १३७ रनको लक्ष्य



काठमाडौं । जिम्बावे ए सँगको पहिलो एकदिवसीय खेलमा नेपाल १३६ रनमा समेटिएको छ। त्रिवि क्रिकेट मैदानमा शुक्रबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले खराब प्रदर्शन गरेको हो । नेपाल ३१।३ ओभरमा १३६ रन बनाएर अलआउट भयो ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाए। करण केसीले २५ रन बनाउँदा ओपनर कुशल भुर्तेल १९ र दीपेन्द्रसिंह ऐरी १८ रनमा आउट भए। बाँकी कुनै पनि नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। आसिफ र आरिफ शेख समान ५÷५, रोहित पौडेल ३ रन, आदिल आलम २ रन, सन्दीप लामिछाने ४ रन र शुसन भारी शून्य रनमा आउट भए। सागर ढकाल १ रनमा अविजित रहे।

जिम्बावेका लागि ब्राड इभान्सले सर्वाधिक ४ विकेट लिए। यस्तै भिक्टर न्याउची, ब्राण्डन माभुता र जुवाओले समान २÷२ विकेट लिए। सिरिजको दोस्रो एकदिवसीय भोलि र तेस्रो एकदिवसीय सोमबार हुनेछ। यसअघि भएको टी–२० सिरिज १–१ को बराबरीमा सकिएको थियो।


प्रतिक्रिया दिनुहोस !