१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

३२० करोडमा बिक्री भयो यश स्टारर् ‘केजीएफ २’ को ओटीटी अधिकार १



काठमाडौं । साउथका सुपरस्टार यशको फिल्म ‘केजीएफः च्याप्टर २’ ले ठूलठूला फिल्मलाई पछि पारेको छ । बक्स अफिसमा फिल्मको हिन्दी संस्करणको कमाईको गतिले निरन्तरता पाइरहेको छ । यो फिल्मले पनि कलेक्शनको मामिलामा आमिर खानको ‘दंगल’लाई पछाडि छोडेको छ ।

करोडौंमा विक्री भयो ओटीटी अधिकार

रकी भाइ अर्थात् यशको फिल्म ‘केजीएफ २’ को हाइपले मानिसहरुको टाउको उठाइरहेको छ । यो फिल्मले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । यसैबीच निर्माताले ओटीटी राइट्सबाट पनि करोडौं रुपैयाँ संकलन गरेका छन् ।

टाइम्स अफ इन्डियाको रिपोर्टका अनुसार ‘केजीएफः च्याप्टर २’ को ओटीटी अधिकार करिब ३२० करोड भारुमा बिक्री भएको छ, जुन भारतीय फिल्मका लागि सबैभन्दा ठूलो सम्झौता साबित भएको छ ।

रिपोर्टका अनुसार, प्रशान्त नीलद्वारा निर्देशित ‘केजीएफ २’ कन्नड, तमिल, तेलुगु, मलायालम र हिन्दीलगायतका भाषाहरूमा ओटीटी प्लेटफर्ममा रिलिज हुने भएको छ । यसअघि न्यूज१८ ले आफ्नो एउटा रिपोर्टमा यो फिल्म २७ मे २०२२ देखि ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा स्ट्रिम गरिने बताएको थियो ।

यद्यपी फिल्मको ओटीटी रिलिजको बारेमा निर्माताहरूले अहिलेसम्म कुनै आधिकारिक बयान भने जारी गरेका छैनन् । यशको ‘केजीएफ च्याप्टर २’ ले बक्स अफिस कलेक्सनमा आमिर खानको फिल्म ‘दंगल’लाई पछि पारेको छ ।

अब ‘केजीएफ २’ भारतकै दोस्रो धेरै कमाउने फिल्म बनेको छ । फिल्मको हिन्दी संस्करणले बुधबारसम्म ३९१।६५ करोड कलेक्सन गरेको छ । अहिले यो फिल्म ४०० करोडको आँकडातर्फ अघि बढिरहेको छ, जुन छिट्टै पार गर्ने आँकलन गरिएको छ । विश्वव्यापी कलेक्शनको कुरा गर्ने हो भने फिल्मले हालै १००० करोडको आँकडा पार गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस !