१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

खेलाडी- प्रशिक्षक विवाद समाधान गर्न एन्फाले बनायो तीन सदस्यीय कार्यदल



काठमाडौं । राष्ट्रिय टोलीका खेलाडी र प्रशिक्षकको विवाद समाधानका लागि अखिल नेपाल फुटबल संघ एन्फाले तीन सातापछि कार्यदल गठन गरेको छ ।आइतबार एन्फा मुख्यालयमा बसेको कार्यसमिति बैठकले भिक्टर शमसेर राणाको संयोजकत्वमा तीन सदस्यीय रहने गरी समस्या, पहिचान र सुझाव कार्यदल गठन भएको अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए ।

नेपाली सेनाका पूर्व रथी भिक्टर राणाको संयोजकत्वमा रहेको कार्यदलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा र पूर्व राष्ट्रिय फुटबलर विदूर विष्ट सदस्य छन् ।करिब दुई साताअघि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीका कारण बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले प्रशिक्षण छाडेपछि सुरु भएको विवाद समाधान हुन सकेको थिएन । खेलाडीहरुले नै घटनाबारे छानविन गर्न माग गर्दै आएका थिए ।उनीहरुलाई प्रशिक्षक र खेलाडीको विवादको विषयमा समस्या पहिचान गर्दै त्यसको विषयमा छानविन गर्न एक साताको समय दिइएको छ ।एन्फा बैठकमा कार्यसमितिका १७ मध्ये राजीनामा दिएका तीन सदस्य बाहेक अरु उपस्थित थिए ।एन्फा भित्रैबाट समस्या समाधानको प्रयसा गरे पनि त्यसमा सहमत हुन नसकेपछि कार्यदल गठन गर्ने निर्णय भएको थियो ।

यसअघि गत बुधबार एन्फाले भिक्टर राणामात्रै रहने गरी एक सदस्यीय छानविन समिति गठन गरेको समाचार आफ्नो वेवसाइटमा प्रकाशित गरेको थियो । तर, पाँच मिनेट नवित्दै हटाइएको थियो ।नेपालले एक महिनापछि कुवेतमा एएफसी एसिया कप छनोटको खेल खेल्दैछ र त्यसअघि कतरमा अफगानिस्तानसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । नेपाली टोली कतार जानुअघि नै उनीहरुले प्रतिवेदन बुझाउनुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय