१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

बार्सिलोनाको सानदार जित



एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोनाले सानदार जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले सेल्टा डि भिगोलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।बार्सिलोनालाई सानदार जित दिलाउनको लागि पिएरे इमरिक औवामियाङको दुई गरे भने डच फरवार्ड मेम्पिस डिपाएले एक गोल थपे । सेल्टाको लागि लागो आस्पास एक गोल फर्काए ।खेलको ३०औं मिनेटमा डिपाएले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ४१औं मिनेटमा औवामियाङले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २-० को अग्रता दिलाए । ४८औं मिनेटमा औवामियाङले गोल गर्दै बार्सिलोनालाई ३-० ले अघि बढाए ।

त्यसको दुई मिनेटपछि लागो आस्पासले एक गोल फर्काए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल बार्सिलोनाले जित्यो ।यो जितसँगै दोस्रो स्थानमा रहेको बार्सिलोनाले ३६ खेलबाट ७२ अंक जोडेको छ । पराजित सेल्टा ४३ अंक जोडेर ११औं स्थानमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस !