११ जेष्ठ २०७९, बुधबार
 |   Wed May 25 2022
Logo

एकैदिन १ हजारले घट्यो सुनको मूल्य



काठमाडौं । सुनचाँदी बजारमा आज (बुधवार) छापावाल सुनको मूल्य प्रतितोला एक हजारले घटेर ९७ हजार तोकिएको छ ।पहेलो धातु अघिल्लो दिन प्रतितोला ९८ हजारमा कारोबार भएको थियो।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार पाँच सय थियो ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३० ले घटेर एक हजार २४५ तोकिएको महासङ्घले जनाएको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८३९ डलर आसपास कारोबार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !