७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

श्रीलंकामा जारी आन्दोलन थप हिंसात्मक बन्दै, सुरक्षा व्यवस्थामा कडाई



काठमाडौं । श्रीलंकामा जारी आन्दोलन थप हिंसात्मक बन्दै गएपछि सुरक्षा व्यवस्थामा कडाई गरिएको छ ।प्रदर्शनकारीका गतिविधि बढ्दै गएसँगै सरकारले कर्फ्यू आदेश जारी गरेपनि सो क्रम रोकिएको छैन् । राष्ट्रपति गोताबाया राजपाक्षेले गत महिना विरोध प्रदर्शन हुन थालेसँगै शान्ति व्यवस्था कायम गर्ने प्रतिवद्धता जनाएका थिए। चर्को मल्यवृद्धिसँगै आर्थिक संकट आएसँगै आम सर्वसाधारणले सरकार विरोधी आन्दोलनलाई तीव्र पारेका छन् ।तर सत्ता पक्षले भने विपक्षीहरुले सेनाले सत्ता कब्जा गर्ने बहाना खोजेर सर्वसाधारणको आन्दोलन दवाउन खोजेको आरोप लगाएका छन् । सरकारले कर्फ्यू र निषेधाज्ञा जारी गरेपनि अत्यावश्यक सामाग्रीको सहज उपलब्धता नभएको भन्दै सर्वसाधारणको आन्दोलन थप चर्किएको छ ।

आन्दोलनकारीले सरकारी अधिकारी र उच्च राजनीतिज्ञहरुका भौतिक सम्पति र उनीहरुमाथि नै आक्रमण गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन सरकारले सम्पूर्ण सुरक्षा बल तैनाथ गरेको छ । तर पनि सरकारी विरोधी आन्दोलनहरु निरन्तर भइरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । सोमबारदेखि जारी हिंसात्मक आन्दोलनमा २ सय भन्दा बढी घाइते भएका छन् ।आन्दोलनकारीले राष्ट्रपति राजपाक्षेको राजीनामाको माग गर्दै प्रदर्शन बढ्न थालेसँंगै हिंसात्मक गतिविधिहरु बढेका हुुन् ।


प्रतिक्रिया दिनुहोस !