८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

विदेश जान प्रतिबन्ध फुकाइदिन भन्दै नायिका ज्याकलिनले गुहारिन अदालत



एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजले आफूलाई विदेश जान लगाइएको प्रतिवन्ध फुकाउन भारतीय अदालत समक्ष अपिल गरेकी छिन् ।ज्याकलिनलाई भारतीय प्रवर्तन निर्देशालय (इडी) ले ठग सुकेश चन्द्र शेखरसँगको मनी लन्ड्रिङ (मुद्रा अपचलन) मुद्दामा अहिलेसम्म क्लिन चिट दिएको छैन । भारतीय अनुसन्धान एजेन्सीले उनलाई भारत छोडेर बाहिर जान प्रतिबन्ध लगाइरहेको छ । त्यसकारण उनले प्रतिबन्धको विरुद्ध दिल्लीको पटियाला हाउस अदालतमा अपिल गरेकी हुन् ।अदालत समक्ष ज्याकलिनले आफ्नो पेशागत कामका लागि विदेश जान अनुमति दिन माग गरेकी छिन् । उनले अदालतसँग १५ दिनका लागि अनुमति मागेकी छिन् । ज्याकलिनले यही मे २० र २१ मा युएइको अबुधावीमा हुने आइफा अवार्डमा सहभागी हुनका लागि प्रतिबन्ध फुकुवाको माग गरेकी हुन् । त्यसैगरी उनले फ्रान्स र नेपाल भ्रमण गर्नका लागि अदालत समक्ष स्वीकृति दिन पनि आग्रह गरेकी भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

निवेदनमा ज्याकलिनका वकिलले अदालतलाई इडीले आफ्नो चार्जसिटमा ज्याकलिनलाई आरोपिको रुपमा नाम नदिइएको बताएका छन् । इडीले ज्याकलिनको राहदानी समेत जफत गरेको बताइएको छ । यसअघि गत वर्षको डिसेम्बर महिनामा ज्याकलिनलाई मुम्बई एयरपोर्टमा अध्यागमन प्राधिकरणले देश छोड्न रोक लगाएको थियो । किनकि इडीले ज्याकलिनलाई लुक आउट सर्कुलर जारी गरेको थियो । ठग सुकेशसँग २ सय करोड भारतीय रुपैयाँको मनी लन्ड्रिङको मुद्दामा ज्याकलिन जेलिएकी हुन् ।केही दिन अगाडि यो मुद्दाको छानबिनको क्रममा इडीले ज्याकलिनको ७ करोड २७ लाख भारतीय रुपैयाँ जफत गरेको थियो । ज्याकलि माथि ठग सुकेशसँग करोडौँ रुपैयाँको महंगो उपहार लिएको आरोप छ । विदेश जान नपाएपछि उनले अदालत गुहारेकी हुन् ।


प्रतिक्रिया दिनुहोस !