११ जेष्ठ २०७९, बुधबार
 |   Wed May 25 2022
Logo

चीन र पाकिस्तानका विदेशमन्त्री बीच भर्चुअल वार्ता



एजेन्सी । चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टोबीच बुधबार भिडियोमार्फत् फोनवार्ता भएको छ ।उहाँहहरुका बीचमा बुधबार भिडियो वार्ता भएको र त्यस क्रममा दुई देशबीचको सम्बन्धका विविध विषयहरुमा कुराकानी भएको समाचारमा जनाइएको छ ।

त्यस अवसरमा चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र पाकिस्तानका बीचको सम्बन्ध अद्धितीय रहेको भन्दै यो सम्बन्ध आगामी दिनमा पनि सौहार्द रुपमा अघि बढ्ने बताउनुभएको थियो । उहाँले चीन सधैँ पाकिस्तानमा शान्ति र विकासका पक्षका साथै पाकिस्तानको सार्वभौमिकता र अखण्डताका पक्षमा रहेको सो वार्ताका क्रममा बताउनुभएको थियो ।

चिनियाँ विदेशमन्त्री बिलावल भुट्टोले आफूले पाकिस्तानको विदेश मन्त्रीका रुपमा चिनियाँ विदेशमन्त्रीसँग कुराकानी गर्न पाउँदा निकै खुसी लागेको बताउनुभएको थियो । उहाँले आफू पाकिस्तानको विदेश मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक चीनका विदेशमन्त्रीसँग कुराकानी गरेको पनि उल्लेख गर्नुभएको छ ।

उहाँले चीनसँग पाकिस्तानको विशेष प्रकारको सौहार्द सम्बन्ध रही आएको र आगामी दिनमा पनि यो निरन्तर रहने बताउनुभएको चिनियाँ समाचार समिति, सिन्ह्वाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !