११ जेष्ठ २०७९, बुधबार
 |   Wed May 25 2022
Logo

उत्तर कोरियामै पहिलो पटक एक जनामा कोभिड १९ को संक्रमण भेटियो



एजेन्सी । उत्तर कोरियामा एकजनामा कोभिड १९ को संक्रमण भेटिएको यहाँको सरकारी समाचार समिति, कोरियन सेन्ट्रल न्युज एजेन्सी, केसिएनएले जानकारी दिएको छ ।सो समाचार समितिले यहाँ गएको दुई वर्षपछि पहिलो पटक एक जनामा यो संक्रमण पाइएको जानकरी बिहीबार मात्र दिएको हो ।

सो समाचार समितिकाअनुसार राजधानी प्योङयाङका केही विरामीहरुमा गरिएको परीक्षणबाट एक जनामा यो संक्रमण पाइएको हो ।यहाँ पाइएको संक्रमण कोभिडको ओमिक्रोन भर्सन भएको पनि पाइएको समाचारमा जनाइएको छ ।यो संक्रमण पाइएपछि यहाँको सरकारले यसलाई राष्ट्रिय संकटको अवस्था भनेको पनि सो समाचार समितिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !