११ जेष्ठ २०७९, बुधबार
 |   Wed May 25 2022
Logo

शेयर बजारमा सुधार आउँदा लगानीकर्ता उत्साहित



काठमाडौं । स्थानीय तहको निर्वाचनको वातावरणले अर्थतन्त्रको ऐना मानिने पूँजीबजार समेत प्रभावित भएको छ ।गत भदौ २ गते बजार परिसूचक नेप्से ३२ सय माथि पुगेकोमा यसै साताको सुरुमा २२ सयको लाइनमा आयो । तर, अहिले फेरि बजारले लय समात्ने थालेपछि लगानीकर्ता आसावादी देखिएका छन् ।

लगानीकर्ताको नजरमा शेयरबजारलाई नियमन गर्ने निकाय नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड लगायतका अन्य निकाय कमजोर देखिएका छन् ।यसअघि बजेटमा पूँजीबजारका समेटिएका समस्या कार्यान्वयन हुन नसेकपछि हाल बजारमा तरलता अभाव, राष्ट्र बैंकको ४र१२ को नीति, बोर्डको ५१ वटा कम्पनीको काण्डलगायत ब्रोकर तथा कर्पोरेट हाउसका ठूला(ठूला लगानीकर्ताबाट सीमित व्यक्तिका इन्साइडर टेडिङका कारण बजार प्रभावित भएको केही लगानीकर्ताको आँकलन रहेको छ ।

यससगै छिटो–छिटो अर्थमन्त्री परिवर्तन हुनु, राष्ट्र बैंक र अर्थ मन्त्रालयको समन्वय नहुनु पनि अर्को कारण रहेको छ । तर, निर्वाचनपछि बजारमा तरलता सहज हुने भएकाले बजार सुधार हुँदै जाने आशा रहेको शेयर विश्लेषक एवं लगानीकर्ता प्रा। हरि कार्की बताउनुहुन्छ ।

शेयरबजार घट्नुपर्ने कुनै कारण नरहेको लगानीकर्ताको तर्क छ । बजार बढ्दै गर्दा नयाँ लगानीकर्ता आउने, शेयर बजार घट्दा जोखिम लिन नचाहने र पूरानो लगानीकर्ताको सामथ्र्य कम हुने भएकाले पनि घट्दो बजारमा आकार कम भएको ब्रोकर एशोशिएसन अफ नेपालका पूर्व अध्यक्ष भरत रानाभाट बताउनुहुन्छ ।

स्टक मार्केटको विकास विना देश समृद्ध नहुने भएकाले अहिले एनआरएनएलाई शेयर बजारमा भित्र्याउनु पहिलो प्राथमिकता रहेको छ । गत वर्षभन्दा यो वर्ष अलि फरक माहोल देखिएकाले ३२ सयको हाराहारीबाट घटेको बजार पुन सुधारोन्मुख रहेको लगानीकर्ता श्रेष्ठको भनाइ छ ।

हाल १२ लाख ५० हजारको हाराहारीमा अनलाइन कारोबारसँग जोडिएका लगानीकर्ता छन् भने ५० लाख बढी आईपीओमा जोडिएका कारण बजार विस्तार हँुदै गएको छ । चुनावपछि नयाँ आर्थिक वर्ष सुरु हुने भएकाले पूँजीबजारमा थप स्थायित्व आउने विश्लेषकहरू बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !