११ जेष्ठ २०७९, बुधबार
 |   Wed May 25 2022
Logo

दार्चुलामा मतदान गरेर फर्किँदै गर्दा वृद्धको मृत्यु



दार्चुलाको महाकाली नगरपालिका–४ मा मतदान गरेर फर्किएका एक वृद्धको मृत्यु भएको छ ।

महेन्द्र नमुना मावि मतदान केन्द्रमा मतदान गरेर घर फर्किरहेका स्थानीय ७८ वर्षीय पदमसिंह बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मतदान गरी फर्कने बेला एक्कासी बेहोस भएर उनको मृत्यु भएको आफन्तले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !