६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

नेपालमा थप ७ जनामा कोरोना पुष्टि, १६ जना निको भए



काठमाडौं । नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ४३७ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप ७ जनामा कोरोना पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार १४८ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा ७ जना र २ सय ८९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार १९६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा मुलुकभर १६ संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या ९ लाख ६६ हजार ८७३ पुगेको छ । पछिल्लो २४ घण्टामा पनि कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।हाल नेपालमा १ सय ६४ जना संक्रमितहरु आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !