
होपरीगाड । वाम लोकतान्त्रिक गठबन्धनका नौगाड गाउँपालिका उपाध्यक्ष तथा नेपाली काङ्ग्रेसका युवा नेता जगतसिह ठगुन्नाले लोकप्रिय मतले अग्रता लिएका छन् । नौगाडको वडा नम्बर १ को गणना भएको ८०० मत मध्ये युवा नेता ठगुन्नाले २६३ मतको अग्रता लिएका हुन् । वडा नम्बर १ मा गठबन्धनको पूरै प्यानलले नै दोब्बर मतको अग्रता लिएको वडा सदस्यका उम्मेदवार रमेश ठगुन्नाले जानकारी दिए ।