
होपरीगाड । वाम लोकतान्त्रिक गठबन्धनका नौगाड गाउँपालिका अध्यक्ष तथा माओवादी केन्द्रका नेता दलजित सिंह धामीले लोकप्रिय मतले अग्रता लिएका छन् । नौगाडको वडा नम्बर १ को गणना भएको ८०० मत मध्ये अध्यक्षका उम्मेदवार धामीले ४८७ पाएका छन् जबकि एमाले अध्यक्ष पदका उम्मेदवार प्रेम सिंह धामीले २८० मत प्राप्त गरेका हुन् । वडा नम्बर १ मा गठबन्धनको पूरै प्यानलले नै दोब्बर मतको अग्रता लिएको वडा सदस्यका उम्मेदवार रमेश ठगुन्नाले जानकारी दिए ।