११ जेष्ठ २०७९, बुधबार
 |   Wed May 25 2022
Logo

मिक्लाजुङ र ग्रामथानमा कांग्रेस, उर्लाबारी र कानेपोखरीमा एमाले अगाडि



विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका र उर्लाबारी नगरपालिकामा एमालेले अग्रता लिएको छ । ग्रामथान र मिक्लाजुङ गाउँपालिकामा भने नेपाली कांग्रेसले अग्रता लिएको छ ।प्रारम्भिक मतपरिणाम अनुसार ग्रामथानको अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारुले ८७ र एमालेका शिवनारायण माझी थारुले ५४ मत ल्याएका छन् । उपाध्यक्षमा कांग्रेसकी भुखनीकुमारी थारुले ६८ र एमालेकी गुणवतीदेवी थारुले ६४ मत ल्याएका छन् ।

मिक्लाजुङको अध्यक्षमा कांग्रेसका बबिकुमार राईले १०५ र एमालेका नरेन्द्रप्रसाद ढुंगेलले ७९ मत ल्याएका छन् । उपाध्यक्षमा माओवादीका दिनेश पौडेलले ७२ र एमालेकी निर्मला राईले २४ मत ल्याएका छन् ।मोरङको कानेपोखरी गाउँपालिकामा २ हजार ४०० मत गणना गर्दा एमालेले अग्रता लिएको छ । एमाले उम्मेदवार राजमति इङनामले ९६७, कांग्रेस उम्मेदवार सञ्जय भट्टराईले ६०७ र माओवादी उम्मेदवार सूर्यबहादुर धिमालले ४३२ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमालेका भोला अधिकारीले १०२४, कांग्रेसकी मनु गुरुङले ७४८ र माओवादीकी तारा ओझाले ६६८ मत प्राप्त गरेका छन् ।

उर्लाबारीमा दुई सय मत गणना गर्दा एमाले उम्मेदवार गंगा खरेलले ६७, कांग्रेस उम्मेदवार खड्ग फागोले ३२ र नेकपा एकीकृत समाजवादीका उम्मेदवार मानबहादुर श्रेष्ठले ५६ मत प्राप्त गरेका छन् । उपमेयरमा एमाले उम्मेदवार मिना खतिवडाले ६८, काग्रेस उम्मेदवार सीता कार्कीले ३५ र माओवादी उम्मेदवार टीकाकुमारी भट्टराईले २४ मत प्राप्त गरेकी छन् ।


प्रतिक्रिया दिनुहोस !