११ जेष्ठ २०७९, बुधबार
 |   Wed May 25 2022
Logo

विराटनगर महानगरपालिकाको मतगणना सुरु



विराटनगर । विराटनगर महानगरपालिकाको मतगणना सुरु भएको छ । शुक्रबार राति बसेको सर्वदलीय बैठकले शनिबार बिहान ८ बजेबाट मतगणना सुरू गर्ने निर्णय गरेको थियो । तर पानी परेका कारण दुई घण्टा ढिलो १० बजेबाट सुरु भएको हो ।महानगरको वडा नम्बर १, २, १६, १७, १८ र १९ को मतगणना सुरु भएको हो । विराटनगरमा एक लाख ३३ हजार एक सय ४२ मतदाता छन् । निर्वाचनमा ८९ हजार ८ सय ९६ मत खसेको थियो ।


प्रतिक्रिया दिनुहोस !