
काठमाडौं । बागलुङको ताराखोला गाउँपालिकामा नेकपा माओवादी केन्द्रको अग्रता लिएको छ ।सुरुवाती ५ सय मत गणना हुँदा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार धनबहादुर बिकले २ सय ९४ मत ल्याउनुभएको हो। दोस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले ९४ मत ल्याउनुभएको छ । नेकप एमालेका उम्मेदवार ऋषिराम घर्तीले ५२ मत प्राप्त गर्नुभएको छ। उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर रोकाले २९६ मत प्राप्त गर्नुभएको छ। नेकपा एमाले उम्मेदवार थममाया घर्तीले १०२ मत प्राप्त गर्नुभएको हो।