१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

पोखरा महानगरपालिकाको मतगणना स्थलबाट २ जना पक्राउ



Man in handcuffs

पोखरा । पोखरा महानगरपालिकाको मतगणना स्थल बाहिरबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ । मतगणनास्थलमा हैरानी दिने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले बताए । 

पक्राउ परेका मध्ये एक जनाको साथबाट प्रहरीले जनमत पार्टीको प्रतिनिधि परिचय पत्रको फोटोकपी बरामद गरेको छ । अर्का एकजनाको साथमा मिति सकिएको सुरक्षाकर्मीको परिचयपत्र भेटिएको छ । उनीहरुबारे वडा प्रहरी कार्यालय बैदामले अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !