११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

क्षमतावान सरिता जो ३४ वर्षको सानो उमेरमै सहसचिव बनिन्



काठमाडौं । कृषि सेवा तर्फका कर्मचारीहरुलागि प्रशासन संयन्त्रले गर्ने गरेको थिचोमिचो हेर्ने हो भने सरकारी जागिर नै छाडेर विदेश भासिन खोज्नेहरुको जमात नै देख्न सकिन्छ । तर कृषि सेवा तर्फ पनि सक्षम र योग्य व्यक्ति छन् भन्ने उदाहरण प्रस्तुत गरेकी छिन् कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहत समशितोष्ण बागवानी केन्द्र किर्तिपुरमा कार्यरत शाखा अधिकृत सरिता गौतमले ।

गौतम ३४ वर्षकै उमेरमा नेपाल सरकारको सहसचिव वन्न सफल भएकी छिन् । लोकसेवा आयोगले लिएको खुल्ला प्रतिष्पर्धामा नेपाल कृषि सेवा मत्स्य सेवा समूहमा सहसचिव पदमा नाम निकाल्न सफल भएकी छिन् ।

२०६९ सालमा कृषि प्रसार अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी सरिताले गत वर्ष सोही सेवामा उपसचिव पदमा लिखितमा नाम निकाल्न सफल भएको भएपनि अन्र्तवार्ताबाट बाहिरिनु परेको थियो । लगनशील र योग्य व्यक्तिलाई भगवान् पनि तँ आँट म पु¥याउँछु भन्छन् भन्ने उखान जस्तै सरिताले सहसचिवमा नै खुल्ला प्रतिष्पर्धाबाट आफूलाई सफल बनाएकी छिन् ।
निजामती सेवामा नै कार्यरत भईन् भने अझै २३ वर्ष कृषि सेवा गर्न समय छ । तर उनी सानै उमेरमा कृषि सेवा तर्फको सचिव बन्ने संकेत देखिएको छ । जसले गर्दा ५८ वर्ष उमेरसम्म निजामती सेवामा नै रहिरहन सक्ने अवस्था भने देखिएको छैन । कृषि सेवामा समक्षम महिलाका रुपमा सरिता गौतमले नाम लेखाउन भने सफल भएकी छिन् ।


प्रतिक्रिया दिनुहोस !