१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

१२ वर्षीया बालिकालाई बलात्कार गर्ने बुटवलका ५९ वर्षीय पुरूष पक्राउ



बुटवल । रूपन्देहीको बुटवलमा १२ वर्षीया बालिका बलात्कृत भएकी छन्। तिलोत्तमा नगरपालिकाकी १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले आइतबार साँझ बुटवलका ५९ वर्षीय पुरूषलाई पक्राउ गरेको छ।

मिठाइ खान दिने लोभमा फकाइफुलाई गरी बुटवल-११ देवीनगरस्थित रंगशाला नजिकै लगेर बालिकालाई बलात्कार गरेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। उनका अनुसार पक्राउ परेका ढकालले बालिकालाई मिठाई दिने प्रलोभन देखाएर पटक-पटक बलात्कार गरेको स्वीकारेका छन्। आइतबार साँझ बालिका चिच्चाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।


प्रतिक्रिया दिनुहोस !