१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

पक्राउ परेका सेन्ट लरेन्सका अधिकारीले जब छात्रालाई विल यु वि माई बेड पार्टनर ? भनेर म्यासेज पठाए….



काठमाडौं । काठमाडौंको चावहिल स्थित सेन्ट लरेन्स स्कुलका विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्ने शिक्षक नेकपा एमालेको नेता रहेको खुलेको छ । केहीबेरअघि काठमाडौं प्रहरीले पक्राउ गरेको जनार्दन अधिकारी एमाले नेता रहेको खुलेको हो । काभ्रेको भुम्लु गाउँपालिका घर भएका उनी पूर्व सुचना तथा संचारमन्त्री गोकुल बास्कोटाको विज्ञ सल्लाहाकार समेत रहेको थिए । बास्कोटा यसअघि सुचना संचारमन्त्री रहँदा उनले मिडिया विश्लेषकको रुपमा नियुक्ती पाएका थिए । उनी एमालेको विभिन्न कार्यक्रममा भाषण गर्दैै हिँडेको तस्विरसमेत फेला परेको छ ।

कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले काठमाडौंको गौशाला प्रहरी वृत्तअगाडि प्रदर्शन गरेपछि एमाले नेता अधिकारीले यौन दुव्र्यहार गरेको घटना सार्वजनिक भएको हो । विद्यार्थीहरुका अनुसार शिक्षक अधिकारीले एक विद्यार्थीलाई विगत २ महिनादेखि यौन हिंसा गर्दै आएका थिए । शिक्षक अधिकारीले ती किशोरीलाई रेस्टिकेड गरिदिने भन्दै धम्की दिँदै क्याफेमा बोलाएर यौन हिंसा गर्ने गरेको पाइएको हो ।

अधिकारीले ती विद्यार्थीलाई मिनिस्कर्ट लगाको कस्तो सेक्सी देखिएको भन्दै सामाजिक संजालमा मेसेज गर्ने, ‘विल यु वि माई बेड पार्टनर’, तिम्रो घर टाढा छ मेरो घरमै बस भन्ने गरेको खुलेको छ । ती शिक्षकले विद्यार्थी भाग्न खोज्दा समेत दुर्व्यबहार गर्ने गरेको आन्दोलनमा सहभागीहरुको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !