१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

एमालेको गड पोखरा महानगरमा एकीकृत समाजवादीका धनराज आचार्य निर्वाचित



काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य निर्वाचित भएका छन् ।गठबन्धनका तर्फबाट उम्मेदवार बनेका आचार्य ५८८९३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापाले ५२८४८ मत पाए ।

मेयरमा तेस्रो भएका राप्रपाका शंकर खरालले ५६७४ मत पाएका छन् भने चौथो भएका स्वतन्त्र उम्मेदवार खड्गराज पौडेल (गनेस)ले ३०३० मत पाएका छन् । उपमेयरमा भने एमालेको मञ्जुदेवी गुरुङ विजयी भएकी छन् । कांग्रेसकी कोपिला रानाभाटलाई पराजित गर्दै मञ्जु विजयी भएकी हुन् । मञ्जुले ६० हजार ५४६ मत ल्याउँदा कोपिलाले ५६ हजार ६६३ मत पाइन् ।


प्रतिक्रिया दिनुहोस !