१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

प्रदेश सांसदबाट राजीनामा दिएर मेयर बन्न चुनाव लडेका कलाम पराजित



रौतहट । मधेश प्रदेशका प्रदेशसभा सदस्य स्थानीय तहको निर्वाचनमा पराजित भएका छन् । रौतहटको गढीमाई नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका प्रदेशसभा सदस्य शेख अबुलकलाम आजाद पराजित भएका हुन् ।

प्रदेशसभा सदस्यबाट राजीनामा दिएर गढीमाई नगरपालिमामा जनता समाजवादी पार्टी (जसपा)बाट मेयर पदका उम्मेदवार बनेका अबुलकलाम आजादलाई नेपाली कांग्रेसका श्यामप्रसाद यादवले पराजित रेका हुन् । दोस्रो कार्यकालका लागि निर्वाचित भएका श्यामप्रसाद यादवले ८६३१ मत ल्याउँदा आजादले भने ८०७३ मत ल्याए ।


प्रतिक्रिया दिनुहोस !