१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

अमेरिकी उच्च अधिकारी तिब्बती शरणार्थी शिविरभित्र गएकोमा ओलीको आपत्ति, सरकारको नियतमा प्रश्न



काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार एक चीन नीतिबाट बरालिन खोजेको आशंका गरेका छन् । संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले हालै नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेश मन्त्रीलाई तिब्बती शरणार्थी शिविरमा जान दिइएकोमा समेत आपत्ति जनाएका छन् ।

ओलीको भनाई उदृत गर्दै एक सांसदले भने,‘परराष्ट्र नीतिका स्थापित मूल्य मान्यता छन् त्यसको खण्डित गर्ने काम भयो । नेपालको असंलग्न परराष्ट्र नीतिमा राष्ट्रिय हित, अहस्तक्षेप र कुनै पनि देशको मामिलामा असंलग्न रहने भन्ने छ । तिब्बती शरणार्थीको क्यापमा जान दिएर जुन प्रकारको उक्साउने काम गरियो त्यसमा सरकारको नियतमाथि शंका छ । कुनै देशका विरुद्ध नेपाली भूमिलाई प्रयोग गर्न दिनु गलत हो ।’


प्रतिक्रिया दिनुहोस !