७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने मेयर बालेनको दाबी



काठमाडौं। काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले आफ्नो भिजन र एजेन्डाहरूलाई पूर्ण रूपमा कार्य सम्पन्न गर्ने बताएका छन् । शुक्रबार विहान निर्वाचन अधिकृत कार्यालयद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा साहले आफूले निर्वाचनको परिणामलाई एउटा सुरूवातको रूपमा लिएको बताए । 

यस्तै उनले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने प्रतिवद्धता गरे । ,‘हामी सबै मिलेर अब काठमाडौंलाई देशको मात्र नभएर विश्वकै सुन्दर र उत्कृष्ट नगर बनाउन सबैले सहकार्य गर्नेछौं भन्ने आशा राखेका छौं।’


प्रतिक्रिया दिनुहोस !